• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

पत्रकार गौतमलाई ‘आर्थिक खोजमूलक पत्रकारिता पुरस्कार’

बागलुङ, १३ असार

बागलुङमा क्रियाशील पत्रकार खेमराज गौतम ‘सुवास’ बागलुङ उद्योग वाणिज्य सङ्घमा स्थापित ‘आर्थिक खोजमूलक पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।

सङ्घको ६२औँ साधारणसभाका अवसरमा शनिबार उहाँलाई कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य तथा महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ले नगद, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् । गौतम आदर्शसञ्चार डटकमका सम्पादक तथा रासस जिल्ला समाचारदाता हुनुहुन्छ ।

आर्थिक पत्रकारितामार्फत उद्योग, व्यापार तथा उद्यमशीलताको प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकारलाई सङ्घले बर्सेनि पुरस्कृत गर्दै आएको छ । यसअघि उक्त पुरस्कारबाट बागलुङका सक्रिय पत्रकारहरु मुकेशचन्द्र राजभण्डारी, राम थापा, सुवास आचार्य र नारायण रिजाल पुरस्कृत भइसक्नुभएको छ । पुरस्कारको राशि रु. १० हजार रहेको छ ।