• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

ताराखोलामा पत्रकारिता तथा उद्घोषणकला तालिम सुरु

बागलुङ, ३० जेठ

नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजनामा ताराखोला गाउँपालिकामा आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरू भएको छ ।

गाउँपालिकाको केन्द्र भातखाने डाँडा, अर्गलमा शनिबारदेखि सुरू भएको तालिमको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले उद्घाटन गर्नुभयो ।

तालिमले पत्रकारिताप्रति नयाँ पुस्ताको आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष विकले ग्रामिण भेगमा पत्रकारिताको विकासका लागि गाउँपालिकाकाले सक्दो लगानी गर्दै आएको बताउनुभयो । दुई दिनसम्म चल्ने तालिममा पत्रकारिताको आधारभूत ज्ञान, सीपसँगै उद्घोषणकला र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोका, प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल र ताराखोला मिडिया प्रालिका अध्यक्ष महेन्द्र घर्ती ‘संगम’ले शुभकामना मन्तव्य गर्नुभएको थियो । तालिममा गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय युवाहरुको सहभागिता रहेको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, उपाध्यक्ष एवं तालिम संयोजक सिर्जना पन्तको स्वागत र सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमको सहजीकरण कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बराल र ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरालगायतले गर्ने जनाइएको छ ।