पोखरा, ३० जेठ
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले प्रदेशभित्रका मिडिया संस्थामा कार्यरत प्राविधिक र बजार व्यवस्थापकका लागि विज्ञापन कला सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।
पत्रकारहरूका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन हुँदै आए पनि प्राविधिकहरूलाई लक्षित गरी गण्डकीमा पहिलोपटक तालिम संचालन गरिएको प्रेस रजिस्ट्रार बिमला भण्डारीले बताउनुभयो ।
“सञ्चार संस्थाभित्र नेपथ्यमा रहेर महत्वपूर्ण योगदान पु¥याउने प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो”, उहाँले भन्नुभयो ।
सञ्चार क्षेत्रमा तीव्र गतिमा भइरहेको प्रविधिगत परिवर्तनसँगै समाचार तथा सामग्रीलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्ने दक्ष जनशक्ति तयार पार्नु आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा स्रोत व्यक्ति बाबुराम अर्याल, सुवास अमगाईं र इन्जिनियर विवेक घिमिरेले अखबार, रेडियो तथा टेलिभिजनमा कार्यरत प्राविधिकहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कृत्रिम बुद्धिमत्ता ९एआई० का अवसर, डिजिटल प्रविधिको प्रयोग, सामग्री उत्पादनका नयाँ प्रवृत्ति तथा पाठक, श्रोता र दर्शकमाझ सञ्चार सामग्रीलाई विश्वसनीय र आकर्षक बनाउने विषयमा केन्द्रित प्रस्तुति दिइएको थियो ।
बिहीबार र शुक्रबार संचालित तालिममा बजार व्यवस्थापन तथा विज्ञापन कला सम्बन्धी अभिमुखीकरणसमेत प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशभित्र रहेका सञ्चार क्षेत्रमा काम गर्दै आइरहेका बजार व्यवस्थापकहरुलाई लक्षित गर्दै उक्त तालिम दिइएको हो ।
तालिममा कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, सफल मिडिया हाउस प्रा।लि। का अध्यक्ष दुर्गाप्रसाद हुमागाईं र आइटी इन्जिनियर विवेक घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।
विज्ञापनको महत्व, बजारको वर्तमान अवस्था, विज्ञापन संकलनका प्रभावकारी कला, डिजिटल मार्केटिङ र एआईले दिएको अवसरलाई मिडियाको हितमा कसरी प्रयोग गर्नेबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
