• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

बागलुङमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ, १२ जेठ

जिल्ला प्रहरी कार्यालय, बागलुङले लागूऔषध सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका बागलुङ नगरपालिका – ४ का ४५ वर्षीय गोकुल पुन पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालतमा पठाइएकामा अदालतबाट कारागार चलान गरिएको प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिनुभयो ।

लागूऔषध सम्बन्धी मुद्दामा पुनलाई गत असोजमा जिल्ला अदालतले एक महिना कैद सजाय तोकेको थियो । उक्त सजाय भुक्तान गर्न बाँकी छँदै उनी फरार भएका थिए।