• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

एसईई फुटसल प्रतियोगिताको उपाधि केवी एकेडेमीलाई

बागलुङ, ९ जेठ

बागलुङमा आयोजित प्रथम माध्यमिक शिक्षा परीक्षा (एसईई) फुटसल प्रतियोगिताको उपाधि म्याग्दीको मनसुन एक्स केवी एकेडेमीले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा फ्युचर ब्राइटर इङसिल बोर्डिङ कुललाई ०–१ गोलले पराजित गर्दै केवी एकेडेमीलाई उपाधि जितेको हो । विजता केवी एकेडेमीले नगद रु. १५ हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

उपविजेता बनेको फ्युचरले रु. आठ हजारसहित ट्रफी र मेडल हात पा¥यो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको रुपमा फ्युचर ब्राइटर निलो टिमका अरुन भण्डारी, उत्कृष्ट गोलरक्षकमा केवी एकेडेमीका सज्जन घर्ती, उदयमान खेलाडीमा गुराँस विद्या सदनका सन्दिप हमाल र सर्वाधिक गोलकर्ताको उपाधि केवी एकेडेमीका सितल थापाले पाउँदा गुराँस विद्या सदन अनुशासित टिम घोषित भएको हो ।

सम्पदा अंकित स्पोर्टस बागलुङले आयोजना गरेको प्रतियोगितामा म्याग्दी र बागलुङका २२ टिमको सहभागी थिए । पुरस्कार वितरण कार्यक्रममा कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्का, हिसान बागलुङका अध्यक्ष बालकृष्ण शर्मा र चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।