बागलुङ, ३ वैशाख
बागलुङ प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादीलाई पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बागलुङ नगरपालिका–७ का ३४ वर्षीय सुरेश बोहोरा नकबजनी चोरी मुद्दामा दोषी ठहर भई कारागार कार्यालय कास्कीमा कैद सजाय भुक्तान गरिरहेका थिए।
फरार सरेश बोहोराले शिवधाराचोक स्थित खड्क बहादुर खत्रीको पसलबाट सामसुङ मोवाइल चोरी गरी भागेको कसूरमा पनुः पक्राउ गरिएको हो। बागलुङ जिल्ला अदालतबाट चोरी कसुरमा थप ५ दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको
