• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

 बागलुङमा चट्याङ लागेर दुई जना घाइते

बागलुङ, ३१ वैशाख

बागलुङको काठेखोला गाउँपालिका–१ भिममा चट्याङ लागेर दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहीबार साँझ घर नजिकै रहेको गोठमा बसिरहेका बेला अचानक परेको चट्याङ लाग्दा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय २६ वर्षीय अनिल थापा र ७० वर्षीया रजि थापा रहेका छन् । चट्याङ लागेर अनिल थापाको नाक, घाँटी र छातीमा चोट लागेको तथा बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

त्यसैगरी रजि थापाको टाउकोमा सामान्य चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई राति १०ः२० बजे उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याइएको थियो । गम्भीर घाइते अनिल थापालाई थप उपचारका लागि राति ११ बजे गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रजि थापाको भने धौलागिरी प्रादेशिक अस्पताल बागलुङमै उपचार भइरहेको र घटनामा अन्य कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।