बागलुङ, ६ चैत
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बागलुङमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ। बैशाख ६ र ७ गते सञ्चालन हुने अभियानमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई औषधि खुवाइने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए।
उनका अनुसार ६ महिनादेखि १ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ मात्र खुवाइनेछ भने १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि दिइनेछ।
स्वास्थ्यकर्मीको निगरानीमा स्वयंसेविकामार्फत बालबालिकालाई औषधि खुवाउने व्यवस्था मिलाइएको छ। अभियानका दिन छुटेका बालबालिकालाई भने एक हप्ताभित्र नजिकको स्वास्थ्य संस्थामा लगेर पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने जनाइएको छ।