• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

बागलुङमा मनाइयो पत्रकार महासंघको स्थापना दिवस

बागलुङ, १६ चैत
नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवस बागलुङमा मनाइएको छ। पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बागलुङ शाखाले प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो।

महासंघ कार्यालयबाट सुरु भएको प्रभातफेरी धौलागिरि चोक, बालमन्दिर रोड, अस्पताल रोड हुँदै शाखा कार्यालयमा आई समापन गरिएको थियो। प्रभातफेरीका क्रममा यही चैत २० र २१ गते आयोजना हुन लागेको मिडिया मेलासम्बन्धी ब्यानर समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, प्रदेश पदाधिकारी, सदस्य, विभिन्न पेशागत संगठनका अध्यक्ष तथा पदाधिकारी, शाखाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा अविरल तथा पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम महासंघ बागलुङका सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो।