बागलुङ, ११ चैत
चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।
बुधबार भएको पहिलो खेलमा आदित्य होल्डिङ तित्याङलाई संघर्षपूर्ण खेलमा पछि पार्दै बागलुङ भलिबल ट्रेनिङ सेन्टरले जित निकालेको हो । बागलुङ भलिबलले आदित्य होल्डिङ सेन्टरलाई ३—२ सेटले पछि पारेको हो ।
पहिलो सेट नै गुमाएर दबाबमा परेको बागलुङ भलिबल दोस्रो सेटमा पुनरागमन गर्दै जित निकाल्यो । तेस्रो सेट गुमाउँदा बागलुङ भलिबलले चौथो र पाँचौ सेट आफ्नो पक्षमा पार्दै खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । खेलको पहिलो सेट २५—२३ ले गुमाएको बागलुङ भलिबलले दोस्रो सेट २५—२० ले जितेको थियो । तेस्रो सेट २५—२० ले गुमाएपछि चौथो सेटमा पुनरागमन गर्दै बागलुङ भलिबलले ३१—२९ को संघर्षपूर्ण जित हात पा¥यो ।
चौथो सेटमा कठिन जित हात पारेको बागलुङ भलिबलका लागि पाँचौ सेट भने सहज हुन पुग्यो । पाँचौं सेट १५—१० ले आफ्ना पक्षमा पार्दै खेल जित्यो ।
बुधबार नै भएको दोस्रो खेलमा घले हार्भेष्टिङ अस्टे«लियाले धौलागिरि मोबाईल पसल बेनी म्याग्दी माथि सहज जित हात पा¥यो ।
अधिकांस नेपाल पुलिस क्लबबाट राष्ट्रिय अन्तर्राष्ट्रि प्रतियोगिता खेलिरहेका खेलाडी सम्मिलित घले हार्भेस्टिङको अगाडि धौलागिरि मोबाईल पसल बेनी म्याग्दी निरीह देखियो । रेशम छन्त्यालको कप्तानीमा मैदानमा उत्रिएको घले हार्भेष्टिङले धौलागिरि मोबाईल पसललाई पहिलो सेट २५—१२ दोस्रो सेट २५—४ र तेस्रो सेट २५—११ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
बिहीबार पहिलो खेल बिहान ८ बजे सिद्धार्थ चस्मा घर बागलुङ र भिमापोखरा खेलकुद विकास समिति तथा दोस्रो खेल गौंडाकोट विरुद्ध रायडाँडा खेलकुद विकास समिति बानपा—११ को बीचमा हुनेछ । त्यसपछि क्वाटरफाईनल चरणको खेल सञ्चालन हुने भलिबल प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले बताए ।
पुरुष भलिबल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको र लिक कम नकआउटको आधारमा खेलाईएको चैत्राष्टमी मेला व्यवस्थापन समितिका भलिबल संयोजक सचिन खड्काले जानकारी दिए । महिला भलिबल खेलमा ७ समुहको सहभागिता रहेको छ । महिला भलिबल पनि लिक कम नकआउटको आधारमा खेलाईनेछ ।
