पोखरा, २८ फागुन
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार डा महावीर पुनमाथि अभ्रद व्यवहार गरेको आरोपमा ४३ वर्षीय विकास गुरुङलाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
गत सोमबार पोखराको पृथ्वीचोकमा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गर्ने क्रममा पुनमाथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गर्ने पुनलाई नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने गुरुङले यसअघि लागूऔषध मुद्दामा तीनपटक सजाय पाएको प्रहरी अभिलेखबाट खुलेको उहाँले बताउनुभयो । गुरुङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार महेन्द्रपुलबाट पक्राउ गरेको थियो ।