बागलुङ, २६ फागुन
नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । शर्माले आज नगर कमिटी उपाध्यक्षलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएका छन् ।
राजीनामा पत्रमा शर्माले भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत परिणाम अपेक्षाकृत नआएको र सांगठनिक जिम्मेवारी पुरा गर्न नसकेको उल्लेख गरेका छन् ।
उनले आफ्ना उम्मेदवारलाई जिताउन नसकेको र मतदाताको माग बुझ्न नसकेकोमा आत्मआलोचित हुँदै आजैको मितिदेखि लागु हुने गरि राजीनामा दिएको उल्लेख गरेका छन् ।
