• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

बागलुङ–१ मा रास्वपाका खड्का भारी मतान्तरले विजयी

बागलुङ, २३ फागुन

बागलुङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्का विजयी बनेका छन् । खड्काले २० हजार नौ सय २७ मत लिएर विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भीम श्रीसले ११ हजार नौ सय ४४ मत प्राप्त गरे । तेस्रो स्थानमा चित्त बुझाएका नेकपा (एमाले)का हिराबहादुर केसीले जम्मा आठ हजार छ सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।