• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङमा ११ बजेदेखि मतगणना सुरु हुने

बागलुङ, २२ फागुन

बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा शुक्रबार ११ बजेदखि प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु हुने भएको छ । दुवै क्षेत्रको मतगणनास्थलमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए ।

“११ बजे सुरु गर्ने सहमति भएको छ, केही समय तलमाथि हुनसक्छ”, उनले भने । क्षेत्र नं. १ को जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नं. २ को बुर्तिबाङस्थित नयाँ सहर आयोजना कार्यालयमा मतगणना हुने जनाइएको छ ।