बागलुङ, २१ फागुन
बागलुङ जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहीबार दिउँसो तीन बजेसम्ममा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल एक लाख ९३ हजार तीन सय ८१ मतदाता रहेका छन् । जिल्लामा एक सय सात मतदानस्थल र दुई सय ३० मतदान केन्द्र रहेका छन् । दुवै क्षेत्रमा गरी विभिन्न राजनीतिक दलबाट २३ उम्मेदवार चुनावी मैदानमा छन् ।