• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

प्रजातन्त्र दिवसमा बागलुङमा सरसफाइ, सम्मान र दीपप्रज्वलन

बागलुङ, ७ फागुन

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार बागलुङमा विविध कार्यक्रम सम्पन्न भएका छन्। बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय बागलुङ तथा सुरक्षा निकायको संयोजनमा कालिका मन्दिर परिसर र सहिद पार्कमा सरसफाइ गरिएको थियो।

साथै बाङ्गेचौरस्थित सहिद स्मृति उद्यानमा माल्यार्पण कार्यक्रम सम्पन्न हुनुका साथै जेन्जी आन्दोलनका घाइते सहायक प्रहरी प्रमुख धुर्व परियारलाई सम्मान गरिएको छ। यस्तै बागलुङ उद्योग वाणिज्य संघको संयोजनमा मानवसेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरिएको थियो भने साँझ लोकतान्त्रिक चोकमा सामूहिक दीपप्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।

दीपप्रज्वलन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले सहिदहरूको त्याग, समर्पण र बलिदानकै कारण देशमा परिवर्तन सम्भव भएको बताए । उनले  ती महान् व्यक्तित्वहरूको योगदानलाई सधैँ स्मरण गर्दै उनीहरूको आदर्श र सपनालाई व्यवहारमा उतार्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने धारणा व्यक्त गरे।

शुक्रबार बसेको प्रजातन्त्र दिवस २०८२ मूल समारोह समितिको बैठकले फागुन ६ देखि ८ गतेसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको थियो।  निर्णय अनुसार बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो।फागुन ८ गते शिक्षा विकास तथा समन्वय इकाई र बागलुङ नगरपालिकाको शिक्षा शाखाको संयोजनमा धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिने जनाइएको छ।