बागलुङ, ६ फागुन
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको निर्वाचन विशेष घरदैलो तथा जनसंवाद कार्यक्रम बडिगाड गाउँपालिकाको विभिन्न ठाउँमा सम्पन्न भएको छ ।
बागलुङ जिल्ला क्षेत्र नम्वर २ का प्रत्यक्ष उम्मेदवार ज्ञामनाथ गैरे अनिल, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बलावती शर्मा, राजिव घिमिरे, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेलको सहभागिता रहेको जनसंवाद कार्यक्रम बडिगाड गाउँपालिका वडा नम्वर २ को हाँडिखोला, सक्न्यार, जिमि टुटिफेद र वडा नम्बर १ मा दगातुन्डाडामा सम्पन्न भएको जनाईएको छ ।
कार्यक्रममा टोल परिचालन समिति गठन गरि मतदाता शिक्षा सञ्चालन गर्ने बाम उम्मेद्वारलाई अत्यधिक बहुमतले बिजय गराउने प्रतिबद्धता समेत गरिएको थियो ।
कार्यक्रम सक्न्यारमा प्रेम पुनको अध्यक्षता, टुटिफेद र दगामा राष्ट्रिय जनमोर्चाका यम बहादुर सलामीको अध्यक्षता, बोम बहादुर थापाको स्वागत र अनिल गिरिको सञ्चालनमा सम्पन्न भएको थियो ।