• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday
  • Unicode Converter

चुनाव प्रचारलाई व्यवस्थित र अनुशासित बनाउन स्थानीय प्रशासनको आग्रह

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि यही फागुन १८ गतेसम्म प्रचारप्रसारको समय तोकेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन केन्द्रित कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउ सम्बद्ध पक्षहरूमा अनुरोध गरेको छ ।

कार्यालयले सार्वजनिक सूचनामार्फत राजनीतिक दलले गर्ने जनप्रदर्शन, आमसभा जस्ता कार्यक्रम संचालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहबाट अनुमति लिई सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउन भनेको हो । राजनीतिक दलहरूले जनप्रदर्शन, आमसभा आदि आयोजना गर्दा आपसी समन्वय गरी कार्यक्रमस्थल नजुध्ने गरी कार्यकम संचालन गर्न अनुरोध गरिएको कार्यालयले जनाएको छ ।

व्यापार, व्यवसायलाई प्रतिकुल असर पार्ने गरी मुख्य व्यापारिकस्थल तथा सडक(चोकमा चुनावी कार्यक्रम संचालन नगर्न कार्यालयले आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग, समन्वय र सहजीकरण गर्न सम्बद्ध सबै पक्षमा आग्रह गरिएको हो । कार्यालयले निर्वाचन आचारसहिंता पालनाका लागि राजनीतिक दल, उम्मेदवारलगायतलाई सजग गराएको छ । कास्कीका तीनवटा निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।