बागलुङ, ३ फागुन
महाशिवरात्रि पर्वका अवसरमा बागलुङका शिव मन्दिरमा आइतबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिव मन्दिरलगायत जिल्लाका विभिन्न शिवालय धाम तथा मन्दिरमा भक्तजनको भीड लागेको हो ।
गौरीधाम शिव मन्दिरमा १० हजारभन्दा बढी भक्तजनले पूजाआजा गर्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले बताए । “बिहानेदेखि भक्तजनको लाम लागेको छ, चार जना पूजारीलाई पूजा चलाउन भ्याइनभ्याइ छ”, उनले भने, “आज रातिसम्मकै मन्दिरमा चहलपहल हुन्छ ।” मन्दिर भजनकीर्तन पनि सञ्चालन भइरहेको अध्यक्ष शर्माले बताए ।
भक्तजनको सहजताका लागि सुरक्षालगायत पूजा व्यवस्थापन चुस्त बनाइएको उनको भनाइ छ । महाशिवरात्रिलाई लक्षित गरी मन्दि परिसरमा नेपाली सेना र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाबाट आकस्मिक स्वास्थ्य सेवा पनि प्रदान गरिएको छ ।
हिन्दु धर्मवालम्बीहरुको महाशिवरात्रि पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । शिवरात्रिको दिनमा भगवान शिवको पूजाआजा भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ। भगवान शिवलाई बेलपत्र, भाङ धतुरो चढाउने परम्परामा पनि रहँदै आएको छ।