बागलुङ, २९ माघ
बागलुङ नगरपालिका–३ शिवधाराचोक नजिक स्कुल भ्यान दुर्घटना हुँदा घाइते भएका २६ जना विद्यार्थीमध्ये छ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार अन्य घाइतेको धवलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
एक जना घाइते विद्यार्थीलाई डिस्चार्ज गरिएको उनले बताए । घाइतेको नाम नखुलेको उनको भनाइ छ । बागलुङ नगरपालिका–१ रामरोखास्थित न्यू एभरेष्ट एकेडेमीको ग.३ च ८६२१ नं. को भ्यान दिउँसो साढे चार बजे दुर्घटनामा परेको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
