बागलुङ, २१ माघ
नेपाल टेलिकम, बागलुङले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको क्लिक–सेयर–विन प्रतियोगिताका विजेता घोषणा गरेको छ । बुधबार कार्यालय परिसरमा नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापाले चिट्ठा मार्फत विजेता घोषणा गरेका हुन् । प्रतियोगिताका विजेताले पुरस्कारका लागि १ हप्ता भित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने टेलिकमका प्रमुख सन्तोष बरालले बताए ।
विजेतालाई रसिदमा उल्लेख गरिएको नम्वरमा कार्यालय बाट फोन गरेर पुरस्कारको बारेमा जानकारी दिइएको छ । प्रतियोगीले नेपाल टेलिकमको प्राङ्गणमा राखिएको फोटो फ्रेममा फोटो खिचेर आफ्नो फेसबुक, टिकटकमा ह्रयासट्याग २२ एनटी एनिवर्सरी लेखेर पोष्ट गरेपछि नाम र फोन नम्बरका आधारमा टोकन नम्बर प्राप्त गरेका थिए । प्रथम हुने एक जनाले रु. १४९९ बराबरको सजिलो अनलिमिटेड प्याक छ महिनासम्म प्राप्त गरेका छन् ।
दोस्रो हुने पाचँ जनाले रु ९९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिना सम्म त्यस्तै तृतिय हुने पाँच जनाले रु ७९९ बराबरको सजिलो अनलिमिटेड प्यक एक महिना सम्म र चौथो पुरस्कार ११ जनालाई रु ४९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनासम्मका लागि प्राप्त गरेका छन् । प्रतियोगिता माघ १ गते देखि संचालन गरिएको थियो ।
