• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

आहा रारा गोल्डकप फुटबल माघ २७ देखि

पोखरा, १८ माघ

सहारा क्लब, पोखराको आयोजनामा २५औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २७ गतेदेखि फागुन ९ गतेसम्म संचालन हुने भएको छ । क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा प्रतियोगिता संचालन गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा यस वर्ष १२ टोलीको सहभागिता रहने जनाइएको छ ।

क्लबका अनुसार विजेता टोलीले १४ लाख १ हजार र उपविजेता टोलीले ७ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लबहरूसहित दुई विभागीय र एक आयोजक टोली सहभागी हुनेछन्। जसमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, सहारा क्लब पोखरा, भारतको गोल्ड नर्थ युनाइटेड ९सिक्किम०, गोर्खा इन्टरनेशनल फुटबल क्लब ९हरियाणा०, भारत एक टोली तथा उज्बेकिस्तानको आमा फुटबल क्लब रहेका छन्।

पत्रकार सम्मेलनमा प्रमुख प्रायोजक हिमश्री फुड्स प्रालिका संचालक प्रकाश केसीले सहारा क्लबसंगको सहकार्यलाई निरन्तरता दिने बताए । पोखरा महानगरपालिकाको संरक्षकत्वमा संचालन हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समितिलगायत विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ। यस वर्ष रात्रिकालीन खेल संचालनका लागि अस्थायी फ्लडलाइट जडान गरिने भएको छ ।