• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बागलुङमा मनाइयो सहिद दिवस

बागलुङ, १६ माघ

सहिद दिवस बागलुङमा पनि मनाइयो छ । शुक्रबार बागलुङ नगरपालिका–१ स्थित सहिद स्मृति उद्यानमा रहेका सहिदका सालिकमा माल्यार्पण गरिएको हो । उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापाले मुलुकले प्राप्त गरेका उपलब्धि सहिदको देनबाट प्राप्त भएको बताए । “सहिदहरुप्रति हामीले उच्च सम्मान प्रकट गर्नुपर्छ, सहिदले गरेको दिशानिर्देशलाई आत्मसात गर्नुपर्छ”, उनले भने ।

सहिदको बलिदानलाई खेर जान नदिन जनप्रतिनिधि, कर्मचारीलगायत सबैले देश र जनताको हितमा काम गर्नुपर्ने प्रमुख थापाको भनाइ छ । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्कालगायत विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो । निर्वाचन आचारसहिंताकाका कारण ठूलो समारोह नगरी सामान्य तवरबाट दिवस मनाइएको बागलुङ नगरपालिकाले जनाएको छ ।