• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

नेपाली सेनाद्वारा रक्षा संवाददातालाई अभिमुखीकरण तालिम

– थम्मन थापा
पोखरा,  १५ माघ

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर, पोखराले पत्रकारहरुका लागि आयोजना गरेको ४ दिने रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । माघ १२ गतेदेखि पश्चिम पृतना हेडक्वाटर्स पोखरामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी भोलानाथ थापाले नेपाली सेनाले शान्ति सुरक्षा सँगै विकास निर्माण, प्रकृति र पर्यावरण संरक्षण, विपद् व्यवस्थापन उद्धार सहित खेलकुद, शिक्षा, स्वास्थ्य सँगै विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनु भएको छ ।

थापाले भन्नुभयो, “सेनाले केवल राष्ट्रिय सुरक्षा र सीमाको रक्षामात्र होइन, राष्ट्रिय एकता, शान्ति स्थापना, आपसी सद्भाव र सह अस्तित्व प्रवर्द्धनमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।”

उपरथी थापाले अभिमुखी कार्यक्रमबाट नेपाली सेनाको सङ्ठनात्मक स्वरूप, जिम्मेवारी र राष्ट्रिय भूमिका, नागरिक र सेना अनि सेना र मिडिया बिचको सम्बन्ध सुमधुर बनाउँदै सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

४ दिन सम्म सञ्चालित अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको पृष्ठभुमी, गौरवशाली ईतिहाँस, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी तथा शान्ति स्थापना कार्य, विकास, निर्माणमा योगदान, अभिलेखीकरण प्रणालीको प्रयोग, प्रभावकारिता र चुनौती, विपद् प्रतिकार्य, जैविक विविधता, वातावरणीय सन्तुलन, स्थानीय समुदायसँगको सहकार्य लगायतका क्षेत्रमा नेपाली सेनाले खेल्दै आएको भूमिका र योगदानको विषयमा पत्रकारहरुलाई अभिमुखीकरण गरिएको थियो ।

सो अवसरमा नेपाली सेनाले आयोजना गर्ने विभिन्न कार्यक्रम तथा सामाजिक उत्तरदायित्व सहितका गतिविधिलाई जनता माँझ पुराउन सञ्चार माध्यमले खेलेको भूमिकालाई मल्याङ्कन गर्दै विभिन्न एफ एम रेडियोहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाली सेनाले विपद प्रतिकार्यमा गरिने अभ्यास ९डेमो० प्रस्तुत गरेको थियो भनें नेपाली सेना र मिडियाकर्मी बिच मैत्रीपूर्ण भलिबल र टाईगर टप हिल सम्म हाईकिङ गरिएको थियो ।