• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

प्रेस सेन्टरको स्थापना दिवसमा बागलुङका पत्रकार र ज्येष्ठ नागरिक को स्वास्थ्य परीक्षण

बागलुङ, १५ माघ

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा बागलुङका पत्रकार र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा र ज्येष्ठ नागरिक जिल्ला संघसँगको सहकार्यमा प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले पत्रकार र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी स्थापना दिवस मनाएको हो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापाले जस्तोसुकै कठिन परिस्थितिमा पनि नागरिकलाई सुसूचित गर्ने दायित्वबाट पत्रकार पछाडि हट्ने नहुने बताए । उनले देशका हरेक परिवर्तनमा प्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष थापाले स्थापना दिवसका अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेर समुदायसँग जोडिने काम गरेकामा प्रेस सेन्टर, बागलुङको प्रशंसा गरे ।

कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ, बागलुङका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पिङ्गलराज गौतम, प्रेस सेन्टर नेपाल, बागलुङका सस्थापक बद्रीप्रसाद शर्मा, नेपाल प्रेस युनियन, बागलुङका अध्यक्ष संगम घर्ती मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सेन्टर, बागलुङका उपाध्यक्ष अनिष खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष दिलिप प्रतेल र संचालन सचिव विनोद थापा ‘प्रतिक’ले गरेका थिए । बागलुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालको नेतृत्वमा भएको स्वास्थ्य परीक्षण कार्यक्रममा ६० जना जेष्ठ नागरिक पत्रकारले स्वास्थ्य परीक्षणको सेवा लिएका थिए ।