• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

यसपटक जनताको प्रतिनिधि बनाउनूस् – भीम श्रीस

बागलुङ, १० माघ

आगामी फागुन २१ गने हुने प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका भीम बहादुर श्रीष रानाले पार्टी भित्र धेरै पटक महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएको र यसपटक जनताको प्रतिनिधि बनाउन आग्रह गरेका छन ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले आयोजना गरेको ३७ वटै वडाका वडा सभापति सहितको बैठक तथा भेलामा बोल्दै उनले आफु बारम्बार पार्टीको प्रतिनिधि भएर पार्टी रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको र यस पटक जनताको जनप्रतिनिधि बनाउन आम नेता तथा कार्यकतालाई आग्रह गरेका छन । उनले सम्पुर्ण सभापतीहरुलाई वडा तह र टोलटोलमा काँग्रेसको जनलहर पैदा गरी सवैलाई काँग्रेसकै पक्षमा मतदान गर्ने अभियान संचालन गर्न आग्रह गरे ।

“म तपाईहरुले मायाँ गरेर पार्टीको विभिन्न तहमा रहेर काम गरे, विद्यार्थी राजनिति देखीनै देशका हेरेक राजनिति परिवर्तनलाई नजिकबाट नियालेको छुश्रीसले भने,–“म यो भुगोल बुझेको छु बरेङ देखी काठेखोलाको शिर र कालिगण्डकी तिर सम्म हरेक जनताको विचमा पुगेको छु । जनताको मर्मअनुसार काम गर्ने मौका यसपटक दिनुहोस । म तपाईको कारिन्दा भएर काम गर्न चाहन्छु ।” उनले आगामी निर्वाचनमा काँग्रेसलाई जिताएर पठाउन सके देश आएको अन्यौलताको राजनितिक निकास र विकास दुवै हुने बताए ।

कार्यक्रममा समानुपातिकका उम्मेदवार शकुन्तला शर्माले देशमा राजनितिक निकासका लागि काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिईन । उनले हिजो पार्टी भित्र जे जस्तो भए पनि प्रतिपक्षसँग भिड्ने समयमा काँग्रेस सधै एक भएर लाग्ने हुँदा निर्वाचनको नतिजा काँग्रेसकै पक्षमा पर्ने विश्वस्त रहेको बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, पूर्व पार्टी सभापती एवं गण्डकी प्रदेशका पूर्व मन्त्री मणिभद्र शर्मा कंडेल, पूर्व सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल काँग्रेस बागलुङका सभापती जीत शेरचनले सम्पुर्ण सहभागीलाई आफ्नो वडामा आफै नेतृत्व गरेर सबै एक भएर निर्वाचनमा होमिनका निम्ती आग्रह गरेका थिए । उनीहरुले अहिलेको बदलिँदो परिस्थिती अनुसार सवै नेता तथा कार्यकर्ता चल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला सचिव हरिहर शर्मा, महाधविशेन प्रतिनिधि एवं गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी गौतम, बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु, जैमिनी नगरपालिकाका सभापति प्रेम सापकोटा, बरेङ गाउँपालिकाको तर्फबाट मोतिराम शर्मा, काठेखोलाका संगठन विभाग प्रमुख प्रेम कंडेल, बागलुङ नगरपालिका–९ तित्याङ्का सभापती राजु थापा लगायतले आफ्नो धारणा राखेका थिए ।

बैठकले आगामी निर्वाचनका निम्ती क्षेत्रीय सभापती चण्डी प्रसाद शर्मा पौडेलको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिती गठन गरेको क्षेत्रीय सचिव तेज प्रसाद शर्माले जानकारी दिए । समितिले आवश्यकता अनुसारका उपसमिती गठन गर्ने छ भने निर्वाचनको सम्पुर्ण परिचालन गर्नेछ । कार्यक्रममा क्षेत्रीय सभापति पौडेलले निर्वाचनका कार्यक्रमका बारेमा जानकारी बनाउँदै वडा देखी टोल तह सम्म सवैको जिम्मेवारी उत्तिकै रहेको बताए । कार्यक्रम सभापति पौडेलको अध्यक्षता उपसभापति हरि बहादुर जि.सी सन्तोषको स्वागत र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।