• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

रास्वपाले टिकट नदिएपछि उज्यालो नेपालबाट उम्मेदवार बने शर्मा

बागलुङ, ५ माघ

राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ–१ मा सुशील खड्कालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका रास्वपाका जिल्ला सदस्य एवं जैमिनी नगरपालिकाका सभापति राजेन्द्र शर्माले उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् ।

शर्माले रास्वपाबाट टिकटको दाबी गर्दै आएका थिए । जिल्लाका नेताकार्यकर्ता र मतदाताको चाहाना विपरीत रास्वपाले उम्मेदवार चयनमा मनोमानी गरेको उनको आरोप छ ।

शर्मा पछिल्लो समय पार्टी संगठन विस्तारमा जिल्लाभर क्रियाशील रहँदै आएका थिए। रास्वपाले आइतबार खड्कालाई टिकट दिएको थियो । उनलाई उम्मेदवार बनाउने निर्णयप्रति बागलुङका रास्वपा नेताकार्यकर्तामा असन्तुष्टि बढेको छ । उम्मेदवारका अर्का आकांक्षी खिमानन्द कँडेलले पार्टी केन्द्रले टिकट वितरणमा ठाडो हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले सीमित नेताहरूको स्वार्थमा बाहिरबाट पठाइएका उम्मेदवार आफूहरूले अस्वीकार गर्ने बताएका छन् । रास्वपाबाट बागलुङ–१ मा सुशील खड्का र २ मा सोम शर्मा उम्मेदवार बनेका छन् ।