• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

बागलुङ महोत्सव : भलिबलको उपाधि होटल समिटलाई

बागलुङ महोत्सवमा आयोजित पुरूष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धवलागिरिले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा गलकोट नगरपालिकालाई १–३ को सेटमा पराजित गर्दै होटल समिटले जित हाँसिल गरेको हो ।

होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जितेको थियो । तेस्रो सेटमा १७–२५ ले गुमाएको होटल समिटले चौथो सेट २५–१८ ले जित्दै उपाधि हात पारेको हो ।

विजेता बनेको होटल समिटले ट्रफीसहित नगद रू। २ लाख १ हजार ५ सय रुपियाँ प्राप्त गरेको छ । उपविजेता गलकोट नगरपालिकाले ट्रफीसहित नगद रू। १ लाख २१ हजार ५ सय हात पार्यो ।

प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलना मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्यो । तेस्रो स्थान प्राप्त गरेको मेरो डेण्टल होमले ट्रफीसहित रू। ४४ हजार ५ सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले ट्रफीसहित २२ हजार ५ सय रुपियाँ प्राप्त गरेको छ ।