• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

गायक प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार

बागलुङ, १५ पुस

गायक एवं अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदरवार बनेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा गायक सपुत परेका हुन् । दलित पुरुष कलस्टरमा उनको नाम दोस्रो नम्बरमा समावेश छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुत गायन र अभिनय कलामा पोख्त छन् । उनका ‘गलबन्दी’, ‘बोलमाया’ लगायत गीत चर्चित छन् । सपुतको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ गत वर्ष प्रदर्शनमा आएको थियो । उनले ‘पूर्णबहादुरको सारङ्गी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’लगायतका चलचित्रमा अभिनय गरेका छन् ।