• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

नेपाली कम्युनिष्ट पार्टी बागलुङले गर्यो उम्मेदवार सिफारिस

बागलुङ, १२ पुस

नेपाली कम्युनिष्ट पार्टी बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । बागलुङ–१ बाट प्रत्यक्षतर्फ देवेन्द्र पौडेल, कृष्णबहादुर केसी, बाबुकाजी केसी, पिङ्गलराज गौतम, चिनीमाया काला मगर र कुलचन्द्र शर्मा सिफारिस भएका छन् । यस्तै समानुपातिक तर्फ चेतबहादुर पुन, बलावती शर्मा, ज्ञानीकुमारी थापा मगर, सीता शर्मा, गगन बहादुर पुन, टीका कुमारी विश्वकर्मा, निर्मलबहादुर श्रेष्ठ र आरती शर्मा सिफारिस भएका छन् ।

बागलुङ–२ बाट प्रत्यक्षतर्फ ज्ञामनाथ गैर ‘अनिल’, कमलप्रसाद घिमिरे, हर्क थापा, केशरी घर्तीमगर, चन्द्रलाल अर्याल, दिवस खत्री र अविशेकजङ्ग सिरपालीको नाम सिफारिस गरिएको नेकपा, बागलुङका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । यस्तै समानुपातिकतर्फ निलबहादुर पुन, मेखबहादुर विक, केशर छन्त्याल, गंगाबहादुर भुजेल, झकप्रसाद विक, अनिल विक र मनकुमारी विक सिफारिस भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पदमबहादुर पुन र रुद्र प्रसाद शर्माको नाम सिफारिस गरिएको नेकपा, बागलुङले जनाएको छ ।