• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

खुसी मन बागलुङको परिचयात्मक कार्यक्रम सम्पन्न

बागलुङ, ९ पुस

खुसी मन बागलुङको मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम मंगलबार बागलुङमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले मनोविमर्शकर्ताहरु मनोरोगी समक्ष जानुभन्दा पहिले आफुहरु पुर्णरुपमा तयार हुनुपर्ने बताए । उनले बागलुङमा मानसिक समस्याका कारण आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गरे । मानसिक समस्या निराकरणका लागि मनोविमर्शकर्ताहरुको विषेश भूमिका रहने हुदाँ यो काम कसैको जीवन जोगाउने जिम्मेवारी भएकाले यसलाई समान्य रुपमा नलिइ दत्तचित्त भएर लाग्न सुझाव दिए ।

खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले खुसी मन गैह्रनाफामूलक संस्था भएको बताउँदै खुसी मनले आफ्ना मनोविमर्शकर्ताहरु द्धारा मानसिक स्वास्थ्यको क्षेत्रमा योगदानका लागि समुदायस्तरमा मनोविमर्श, सचेतना कार्यक्रम तथा तालिमहरु संचालन गर्ने बताए । छ महिना सम्म तालिम गरेर मनोविमर्शकर्ताको रुपमा रहेका मनोविमर्शकर्ताहरु खुसी मनमा आबद्ध भएका छन् ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कुमानसिंङ गुरुङ, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, धौलागिरि प्रादेशिक अस्पतालका डा। सन्दीप केसीलगायतले बोलेका थिए ।
खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव योगराज कँडेल र स्वागत उपाध्यक्ष लक्ष्मी बोहोराले गरेका थिए ।