बागलुङ, ७ पुस
धवलागिरि प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष श्रीप्रसाद शर्माले सोमबार पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेश सरकारद्वारा हालै अध्यक्षमा नियुक्त शर्माले आगामी तीन वर्षका लागि समितिको नेतृत्व सम्हालेका हुन् । उनले अस्प्तालको सुधारमा सबै पक्षसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
अध्यक्ष शर्माले अस्पतालबाट गुणस्तीय सेवा दिनुपर्ने बताए । उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको सुधारमा आफ्नो जोड रहेको सुनाए । उनले अस्पतालको विकासमा अध्यक्षको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, अस्पतालका पूर्वअध्यक्ष डा। कृष्ण बहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र अस्पतालका प्रमुख चिकित्सक किरण तिवारीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अस्पतालको वर्तमान अवस्था र कार्यप्रगतिको बारेमा प्रस्तुतिकरणसमेत गरिएको थियो ।