• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

सहमति भए समयमै निर्वाचन सम्भव – डा. स्वर्णिम वाग्ले

बागलुङ, ५ पुस

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अघिल्लो निर्वाचनमा आफ्नो सिट सहज नहुँदा संसदमा चाहेजति प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताएका छन्।त्यसैले यसपालि पाँच वर्षसम्म स्थिर सरकार गठन गर्न सक्ने गरी स्पष्ट बहुमतसहित आफूहरूलाई संसदमा पठाउन उनले आग्रह गरेका छन्

उनले राष्ट्रपतिबाट समयमै निर्वाचन गर्ने म्यान्डेट प्राप्त भएकाले वर्तमान सरकारले समयमै चुनाव गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे। वाग्लेले विभिन्न प्रतिकूल अवस्थाका बीच पनि सबै राजनीतिक दलहरूबीच सहमति बने समयमै निर्वाचन सम्भव हुने बताए। यदि सहमति नबनेमा भने चरणबद्ध रूपमा भए पनि निर्वाचन गरिनुपर्ने उनको जोड थियो।

राजनीतिलाई सङ्लाउने अभियान आफ्नै पार्टीबाट सुरु गरिने बताउँदै डा। वाग्लेले उम्मेदवार छनोट विधि र प्रक्रियाबाट हुने स्पष्ट पारे। कुनै पनि उम्मेदवारको नाम खल्तीबाट झिकेर तय नगरिने उल्लेख गर्दै उनले पार्टीभित्र स्थापित मापदण्ड, प्रक्रिया र मूल्यांकनका आधारमा उम्मेदवार छनोट गरिने बताए। फरक प्रसङ्गमा डा। वाग्लेले बाग्लुङमा विद्रोही चेत भएका नागरिकहरू धेरै रहेको उल्लेख गर्दै यसपटक राजनीतिक परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्न आग्रह गरे।