• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

जैमिनीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई घाइते

बागलुङ, ३ पुस

कालीगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका–१ ज्यामिरघाटमा आज साँझ भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मुक्तिनाथ दर्शन गरी बुटवलतर्फ जाँदै गरेको यूपी ३५ यू ५२२० नम्बरको मारुती कार दुर्घटनामा हुँदा कारमा सवार भारतको उत्तरप्रदेश आजगढका ३० वर्षीय सैयद अर्सी र वर्ष २४ की समैया खान घाइते भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

सोही ठाउँ घर भएका ३५ वर्षीय अब्दुल्ला सेखले चलाएको कार दुर्घटनामा परेको हो । घाइते यात्रुलाई उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा ल्याइएको जनाइएको छ । कुश्मीसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते उद्धार गरेको थियो ।