बागलुङ, २८ मङ्सिर
बागलुङ जेसीजको ४८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट अध्यक्षमा अञ्जिला श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा बागलुङ जेसीजको नयाँ कार्यसमिति चयन भएको हो ।
जसको कार्यकारिणी उपाध्यक्षमा सुलभ खड्का, शुभम राजभण्डारी, उपाध्यक्षमा निशा कार्की, सुविशन श्रेष्ठ, अरुण श्रीस र निकेश खड्का रहेका छन् । निर्देशकमा अयुश श्रेष्ठ र विनोद थापा मगर चयन भएको बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिए । कार्यक्रममा पूर्वअध्यक्षहरु सुरेश प्रसाद श्रेष्ठ र ऋषि गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा सहसचिव स्वीकृति भारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रतिभा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत र सहसचिव स्वीकृति भारीको सञ्चालनमा सम्पन्न भएको थियो । जेसीज युवाहरुको नेतृत्व र क्षममा विकासमा लामो समयदेखि कृयाशील छ ।
