• २०८३ आश्विन २०, मङ्गलबार
  • 2026 October 06, Tuesday
  • Unicode Converter

बागलुङ-१ बाट कांग्रेसका उम्मेदवार सिफारिस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट १७ उम्मेदवारको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ७ उम्मेदवारको नाम सिफारिस गरेको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्षतर्फ किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दल बहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कँडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कँडेल र हरिप्रसाद आचार्यलाई सिफारिस गरिएको हो ।

समानुपातिकतर्फ पदम बहादुर पुन, पार्वती आचार्य, डा राम बहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेर बहादुर विश्वकर्मा र हरिप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ । यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि इन्द्रराज पौडेल र विष्णु पौडेल (दारी) को नाम सिफारिस गरिएको छ ।