बागलुङ, २५ मङ्सिर
प्रहरीले सवारी ज्यान तथा सरकारी छाप दस्तखस्त किर्ते मुद्दाका फरार प्रतिवादी बागलुङको निसीखोला गाउँपालिका–६ का गौबहादुर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुर्तिबाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।
विकलाई २०८१ साउन २३ गते जिल्ला अदालत बागलुङले सवारी ज्यान तथा सरकारी छाप दस्तखस्त मुद्दामा दोषी ठहर गरी दुई वर्ष छ महिना कैद सजाय र दुई हजार ५० जरिवाना तोकेको थियो । पक्राउ परेका विकलाई बिहीबार जिल्ला अदालतमा उपस्थित गराई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

