बागलुङ, २४ मङ्सिर
नेपाली काँग्रेस, बागलुङ–२ ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दस उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर थापा ‘निरज’, मञ्जेशबम मल्ल, गीता श्रीस, ध्रुव गौतम, डण्डपाणी शर्मा, ऋषिराम कँडेल, डिलाराम शर्मा र देवेन्द्रकुमार घर्तीमगरको नाम सिफारिस गरेको नेपाली काँग्रेस–२ का क्षत्रीय सभापति जोकलाल बुढामगरले जानकारी दिए ।
मङ्गलबार बसेको क्षत्रीय समितिको बैठकले उम्मेदवारको सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ रेणुका काउचामगर, सागर छन्त्या, माया केसी र भिमु क्षेत्री सिफारिस भएको जनाइएको छ ।