बागलुङ, १८ मङ्सिर
बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएका छन् । बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग.३ प ४८३४ नम्बरको पिकअप जीप बिहीबार साँझ दुर्घटनामा पर्दा सिगाना घर भएका चालक सुशान्त जिसीसहित आठ यात्रु घाइते भएका हुन् ।
घाइते हुनेमा सिगानाकै प्रशान्त खड्का, काठेखोला गाउँपालिका–१ का सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, चन्द्र भण्डारी, झुपा भण्डारी र जैमिनी नगरपालिका–३ का निशा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । घाइतेको धवलागिरि अस्पताल, बागलुङमा उपचार भइरहेको जनाइएको छ ।
