• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

‘जेनजी’का मागमा नेकपा बागलुङको एक्यबद्धता

बागलुङ, १२ मङ्सिर
विभिन्न राजनीतिक दल र समूहबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको जिल्ला समिति बागलुङले ‘जेनजी’ पुस्ताका माग र मुद्दाप्रति आफ्नो पार्टीको एक्यद्धता रहेको जनाएको छ ।
जिल्ला पार्टी कार्यालयको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले ‘जेनजी’ले उठाएका सुशासन, सामाजिक न्याय, निर्वाचन प्रणाली, शासकीय स्वरुपलगायतका मुद्दा आफ्नो पार्टीले विगतदेखि नै उठाउँदै आएको बताए ।
‘जेनजी’ आन्दोलनमा भएको घुसपैठकका कारण राष्ट्रिय स्वाधिनता, संविधान, लोकतन्त्र, लोकतन्त्र र नागरिक अधिकारमाथि सङ्कट पैदा भएको भन्दै उक्त समस्या समाधानका लागि नेकपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको भनाइ छ । बैठकले यही मङ्सिर १४ गते पोखरामा हुने पार्टी एकता सन्देश सभाका बागलुङबाट प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेको छ ।
जिल्लामा मुख्य स्थानमा एकता सन्देश गरिने जनाइएको छ । जिल्लामा पार्टी एकता प्रकृया टुङ्गिन बाँकी रहेको जनाइएको छ । बैठक पूर्व नेकपा (माओवादी केन्द्र)का प्रकाश घर्ती र नेकपा (एकीकृत समाजवादी)का पिङ्गलराज गौतमको संयुक्त अध्यक्षतामा बसेको सो पार्टीले जनाएको ।