• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

धवलागिरिका उत्कृष्ट करदाता सम्मानित

बागलुङ, ४ मंसिर

राष्ट्रिय कर दिवस २०८२ को अवसरमा धवलागिरि क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङले बिहीबार एक सनारोहकाबीच बागलुङको ग्रिन डेभलपमेण्ट बैंक, म्याग्दी जिल्लाबाट घलेम्दी हाईड्रो लिमिटेड, पर्वतबाट द क्लिप प्रालि र मुस्ताङबाट अमित विल्डर्स उत्कृष्ट भई सम्मानित भएको कार्यालयका प्रमुख कर अधिकृत प्रमोदकुमार श्रीवास्तवले जानकारी दिए ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले देशमा राजश्व संकलनमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताए । उनले मुलुकको विकास, राज्यभित्र शान्ति सुरक्षा, अमन चयन, सुशासन सञ्चालन गर्ने मुख्य स्रोत नै कर भएको बताउँदै निजी क्षेत्रमा लगानी मैत्री वातावरण राज्यले सिर्जना गरेमा आन्तरिक आर्य वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका प्रतिनिधि सञ्जयकुमार श्रेष्ठ, पुरस्कृत व्यक्तित्व मुस्ताङका व्यवसायी प्रेम तुलाचन, पर्वतका राजनकुमार जोशी लगायतले देशलाई आर्थिक समृद्धिको वातावरण सिर्जना गर्न राज्यले राजश्वमा मितव्ययिता ल्याउनुपर्नेमा जोड दिएका थिए ।