• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बागलुङका पत्रकारलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’बारे सचेतना

बागलुङ, ४ कात्तिक

बागलुङ जेसीजको तालिम सप्ताह अन्तर्गत बिहीबार जिल्लामा क्रियाशील पत्रकारहरूका लागि ‘कम्प्युटर भिजन सिन्ड्रोम’बारे सचेतना कार्यक्रम सहित पत्रकारहरुको आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासङ्घ, बागलुङ र सफल एकेडेमीको सहकार्यमा भएको उक्त कार्यक्रममा सफल एकेडमीमा संचालक एवं नेत्र सहायक गणेश महतोले कम्प्युटर, मोबाइल फोन जस्ता डिजिटल स्क्रिनमा धेरै समय बिताउँदा आँखामा देखिने समस्या ‘कम्प्युटर भिजन सिन्ड्रोम’बाट बच्ने उपायबारे पत्रकारहरूलाई प्रशिक्षित गरेका थिए ।

डिजिटल स्क्रिनमा धेरै समय बिताउनपर्ने भएकाले पत्रकारलाई आँखा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम राखिएको बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए ।

जेसीज वर्ष २०२५ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठले बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै बागलुङ जेसीजले पत्रकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा बागलुङमा क्रियाशील पत्रकार तथा संचारकर्मीको आँखा जाँच गर्नुका साथै चश्मा र औषधि वितरण गरिएको नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापाले बताए ।