• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

धवलागिरि एफएम २२औँ वर्षमा

बागलुङ, २८ कात्तिक

धवलागिरि क्षेत्रको पहिलो विद्युतीय संचारमाध्यम धवलागिरि एफएम २१ वर्ष पूरा गरि २२औँ वर्षमा प्रवेश गरेको छ ।

स्थानीय उद्योगी व्यवसायीको सक्रियतामा २०६१ साल कार्तिक २७ गते स्थापना भएको धवलागिरि एफएम स्थापना भएको थियो ।एफएमले आफ्नो वार्षिकोत्सव त्रिदिवसीय कार्यक्रमका साथ मनाएको छ ।

पहिलो दिन कार्तिक २५ गते मानवसेवा आश्रमलाई सहयोग, २६ गते रेडियोः विगत, वर्तमान र भविष्य विषयक अन्तरसम्वाद कार्यक्रम तथा अन्तिम दिन कार्तिक २७ गते सम्मानसहित मूल समारोह आयोजना गरिएको हो ।

मूल समारोह तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका कार्यवहाक अध्यक्ष तेजबहादुर थापा तिलकले रेडियो दुरदराजका नागरिकको आवाज भएकाले संरक्षण गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

प्रविधिको विकाससँगै रेडियोमा थपिएको चुनौती सामना गर्न र यसलाई बचाई राख्नका लागि समय अनुसार परिस्कृत हुन जरुरी रहेकोमाा उनले जोड दिए । कार्यक्रममा प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अविरल, गैरसरकारी संस्था महासंघका सचिव शालिकग्राम शर्माले शुभकामना व्यक्त गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा एफएमका सहसम्पादक कोपिला कडेल कँडेल समाचार वाचक जैमिनी नगरपालिकाको अर्जेवा निवासी कृष्ण समिरलाई सम्मान गरिएको थियो । यसैगरि एफएमको नाट्य श्रृखला बिम्व दर्पणका पात्र बागलुङ नगरपालिका वडा नम्वर ९ निवासी नारायण पौडेललाई पनि सम्मान गरिएको थियो ।

नारायण पौडेलले बिम्व दर्पण नाटकको रिठे पात्रको रुपमा अभिनय गर्दै आउनु भएको छ । सम्मानित तिनै जनालाई एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतम, कार्यक्रमका प्रमुख अतिथि काँठेखोला गाउँपालिका कार्यवहाक अध्यक्ष तेजबहादुर थापा तिलक र प्रेस रजिष्टार बिमला भण्डारीले कदरपत्र, दोसल्लाले सम्मान गरेका थिए ।