• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ३९ लाखको कारोबार

बागलुङ, १९ कात्तिक
चाडपर्वलाई लक्षित गरी बागलुङमा संचालनमा ल्याइएको सुपथ मूल्य पसलमा रु. ३९ लाख ७१ हजार बराबरको कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लि.बागलुङले गत भदौ ३१ गतेदेखि कात्तिक १० गते सम्म सुपथ मूल्य पसल संचालनमा ल्याएको थियो ।

सुपथ मूल्य पसलमा चिनी, नुन, खानेतेल, चामल, आटा, मैदा, बिस्कुट लगायत सामग्रीमा उपभोक्ताले सहुलियत प्राप्त गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लि.बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । सुपथ पसलबाट सबैभन्दा बढि चिनी २९ हजार ८५० किलो, आटा–मैदा २२७६ किलो, नुन १५२१ किलो, चामल १२५ बोरा, बिस्कुट ४२६ प्याक, खानेतेल ८७० लि। बिक्री भएको उनले बताए ।

कार्यलयले हरेक वर्ष नागरिकलाई सहुलियतका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ ।

सुपथ मूल्य पसलबाट चिनी प्रतिकिलो ९५ रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ, शुद्ध तोरीको तेल प्रतिलिटर तीन सय ५५ रुपैयाँ, जिरा चामल २५ किलो रू. २ हजार ५०, आटा २ किलोको रू. १५०, मैदा २ किलोको रू. १५० मा बिक्रि गरिएको थियो ।