• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

मानवसेवा आश्रमको भवन निर्माणार्थ विभिन्न दाताहरूको सहयोग

बागलुङ, १७ कात्तिक

मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग जुट्ने क्रम निरन्तर जारी छ । महायज्ञ सुरु नहुँदै बागलुङका मनकारी दाताहरुले उदारतापूर्वक सहयोग गरिरहेका छन् ।

यसै क्रममा गलकोट नगरपालिका–६, नेपाने निवासी आमा मसिना बस्नेत, छोरा कमलबहादुर बस्नेत, अभिजित बस्नेत र छोरी शील्पा बस्नेतले स्व.जगतबहादुर बस्नेतको स्मृतिमा १ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन् ।

यस्तै बागलुङ नगरपालिका–३ निवासी स्व। लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उनका छोरा रामचन्द्र, सुवासचन्द्र, सुरेशचन्द्र र प्रकाशचन्द्र राजभण्डारीले आश्रमको निर्माणाधीन भवनको एक कोठा निर्माणार्थ ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

बागलुङ नगरपालिका–३ घर भई हाल अमेरिका बस्दै आउनुभएका रुद्रा केसीले ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।

यस्तै जिल्लाको गल्कोट नगरपालिका–३ निवासी लिला साहानी, उनका श्रीमान् अमरबहादुर साहानी र छोरा ओमबहादुर साहानीले भवन निर्माणार्थ रु। ५० हजार पाँच सय पाँच सहयोग गरेका छन् ।

मानवीय सेवाको भावनाले प्रेरित यो सहयोगले आश्रमको भवन निर्माण अभियानलाई थप मजबुत बनाएको मानवसेवा आश्रम बागलुङ शाखाले जनाएको छ ।

सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि निर्माणाधीन भवनमा सहयोग प्रदान गरेकोमा आश्रम परिवारले दाताहरूमा आभार व्यक्त गरेको छ।

आश्रमको भवन निर्माण तथा अक्षयकोष सुदृढीकरणका उद्देश्यले आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञ यही कात्तिक २१ गतेदेखि बानपा–४ निरयघाटमा सुरु हुँदैछ । महायज्ञमा कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नेछन् ।