गायक दुर्गेश थापाले ‘जेनजी’ आन्दोलनका घाइतेलाई आज अस्पताल पुगेर भेटेका छन् । अस्पतालको शय्यामा घाइतेलाई भेट्दा आफू भावुक भएको उनले बताएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै उनले ‘जेनजी’ युवाहरुको बलिदान खेर नजाओस् भनेर कामना गरेका छन ।
थापाले लेखेका छन्, “उहाँहरुकै रगत, पसिना र आँशुमा देशको भविष्य उज्यालो हुँदैछ, यो बलिदान कहिल्यै व्यर्थ नजाओस् ।” उनले पहिलो चरणमा ‘जेनजी’ आन्दोलनका घाइते ११ जनालाई रु. दस हजारका दरले उपचार सहयोग प्रदान गरेको जनाएका छन् ।
गायक थापाले आफू सँधै ‘जेनजी’ युवाहरुको पक्षमा रहेका स्पष्ट पारेका छन् । “म सबै घाइते जनेजीहरुको साथमा पुग्नेछु, उहाँहरुको परिवारलाई परिवारलाई सहयोग गर्ने वाचा गर्दछु”, उनले भनेका छन् । ‘जेनजी’ युवाहरुमा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले आफूलाई गर्व लागेको गायक थापाले बताए ।
