• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

शनिबारदेखि र सोमबारसम्म बागलुङदेखि लामो दुरीका गाडी नचल्ने

बागलुङ, १८ असोज

भारी वर्षाको पूर्वानुमानसँगै सम्भावित बाढीपहिरो, डुबानलगायत मौसमजन्य विपद्का घटनालाई दृष्टिगत गरी तीन दिनसम्म बागलुङदेखि काठमाडौँलगायत लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शनिबारदेखि सोमबारसम्म लामो दुरीमा चल्ने सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरलगायत जिल्लाका अन्य सडक खण्डमासमेत रातिको समय र वर्षात् भइरहेको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रशासकीय अधिकृत नारायण कार्कीले जानकारी दिए ।