बागलुङ, १७ असोज
जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट झरना नजिकै आज साँझ भएको पिकअप जीप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
ताराखोलाबाट हरिचौरतर्फ आउँदै गरेको ग.१ ज ६१०० नम्बरको पिकअप जीप सडकबाट दरमखोलामा खसी दुर्घटनाग्रस्त हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका २६ वर्षीय वर्षीय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी सहायक निरीक्षक सूर्यबहादुर विकले जानकारी दिए ।
दुर्घटनामा सर्दाखेतकै मिलन परियार र वीरबल परियार घाइते भएको उनको भनाइ छ । गम्भीर घाइते वीरबल परियारलाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।