• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

दसैँका बेला बेहाल लोकमार्गको बागलुङ–बिहुँ खण्ड (तस्बिरहरु)

बागलुङ, १४ असोज

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–बिहुँ सडकको सास्ती यसपालिको दसैँमा पनि हटेन । हिलाम्मे सडकमा जोखिम मोलेर सवारीसाधन आउजाउ गरिरहेका छन् । चाडबाड मान्न घर हिँडेका सर्वसाधारण कठिनाईपूर्ण यात्रा गर्न बाध्य छन् ।

‘ट्रयाक’ खुलेको दुई दशकबढी भइसक्दा पनि उक्त सडक अझै कालोपत्र हुन सकेको छैन । बागलुङबजारदेखि अक्षेतेसम्मको केही किमि दुरीमा गरिएको कालोपत्र पनि जीर्ण भइसकेको छ । निर्माण कम्पनीको चरम लापरबाही र सरकारको अकर्मण्यता कारण राष्ट्रिय गौरवको सडक आयोजना बदनामित बनेको छ । २६ किमिको उक्त सडक खण्ड कहिले बन्छ कसैसँग जवाफ छैन ।