• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

संविधान दिवसमा बागलुङ नगरपालिकाको दीप प्रज्वलन (तस्बिरहरु)

बागलुङ, ३ असोज

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बागलुङ नगरपालिकाले आज साँझ बागलुङ बजारस्थित ऐतिहासिक उद्यानमा दीप प्रज्वलन गरेको छ । वर्तमान संविधान जारी भएको दस वर्ष पूरा भएको खुसीयालीमा दीप प्रज्वलन गरिएको हो ।

गण्डकी प्रदेशसभाका सदस्य, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले संविधान दिवसको शुभकामनासहित उपस्थित सबैमा आभार व्यक्त गरेका थिए ।